सुदूरपश्चिम प्रदेशका ६ जनाको र्यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
बाजुरा र कैलालीमा दुई-दुई, तथा अछाम र डडेल्धुरा एक-एक गरी ६ जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ भेटिएको हो। ६ जनामध्ये चार जनाको मात्रै पिसिआर परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।
पिसिआर परीक्षणमा भने चारै जनाको रिपोर्ट नेगेटिभ देखाएको छ भने बाँकी दुई जनाको परीक्षण बाँकी छ।