logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली, देउवा र दाहालबीच बालुवाटारमा भेटवार्ता


अंकुरण खबर
962
Shares

दल विभाजन सम्बन्धी अध्यादेश खारेजसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवासँग भेटघाट गरेका छन।

आज दिउसो बालुवाटारमा प्रधानमन्त्री र काँगेस सभापति देउवाबीच छलफल भएको हो। देउवासँगैको छलफलमा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत बोलाएका छन्।

कांग्रेसलगायत प्रतिपक्षी दलहरूले चर्को विरोध गरेपछि प्रधानमन्त्री ओलीले आजै दुई वटै अध्यादेश फिर्ता लिने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए। त्यस लगत्तै प्रधानमन्त्रीले सभापति देउवालाई भेटका लागि बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ३ बजेपछि छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । थापाका अनुसार समसामयिक विषयमा छलफल भइरहेको छ । के बिषयमा छलफल भइरहेको छ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन्।