logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएन : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नभेटिएको जनाएको हो ।

मन्त्रालयको तर्फबाट आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै प्रवक्ता डा. विकास देवकोटाले यसबारेमा जानकारी दिएका हुन् ।

उनका अनुसार हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये प्रयोगशालामा पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण गराउनेको संख्या ९ हजार चार सय ७ जना र आरटिडीबाट ३८ हजार ९९ पुगेको छ । भने पिसिआर र आरटिडी गरि ४७ हजा ४ सय ९६ पुगेको उनले जनाए ।