logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

तनहुँमा १० जना भारतीय ‘क्वारेन्टाइन’मा


अंकुरण खबर
936
Shares

तनहुँमा १० जना भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

बिहीबार राति बसबाट दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार क्वारेन्टाइनमा राखेको हो ।

कामको सिलसिलामा दमौली आइ बसोबास गर्दै आएका उनीहरु घर जाने भन्दै बुधबार बस चढेर गएको भएपनि कोसी व्यारेजमा पुगेपछि प्रहरीले उनीहरुलाई फर्काएको थियो । त्यसपछि उनीहरु १० जना नै दमौली फर्किएका थिए ।

उनीहरु सबैलाई व्यास नगरपालिका–४ मा रहेको मदरसा प्राथमिक विद्यालयलको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।