झापाका ६२ वर्षीय बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । योसंगै नेपालमा कोरोनाको संक्रमितको संख्या ४९ पुगेको छ ।