logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृतकको स‌ख्या २ लाख नजिक, २८ लाख २७ हजार बढी संक्रमित


अंकुरण खबर
1.235K
Shares

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण १ लाख ९७ हजार बढीको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या २८ लाख २७ हजार नाघेको छ ।

शुक्रबार एकै दिनमात्रैमा विश्वभर ६ हजार ८६ जनाको मृत्यु भएको छ भने, १ लाख ४ हजार नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म मृतकको संख्या ५२ हजार नाघेको छ भने, संक्रमितको संख्या ९ लाख २३ हजार भन्दा धेरै भएको छ ।

त्यस्तै इटालीमा मृतकको संख्या २५ हजार ९ सय ६९ छ । स्पेनमा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ भने, २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ। त्यस्तै बेलायमा १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ। बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ। चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला परेका छैनन्। चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन्।

कोरोनाबाट सबैभन्दा प्रभावित १० देशको पछिल्लो विवरण