लकडाउनका कारण समस्यामा परेका मजदुर र विद्यार्थी लिएर काठमाडौंबाट उदयपुर जादै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बा३ख ४०३६ नम्बरको बस बर्दिबास–३ पाटु भन्ने ठाउँमा दुर्घटना परेको बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।
दुर्घटनामा बसका सह–चालक दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्माको मृत्यु भएको हो । घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ ।
तीव्र गतिमा रहेको बस मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको लछ । बसमा ३५ यात्रु रहेको सथए । चौदण्डीगढी नगरपालिकाले लकडाउन लम्बिँदा राजधानीमा रहेका मजदुर र विद्यार्थी समस्यामा पर्दा उद्धार गरी गाँउ फर्काएको थियो ।