logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व स्वास्थ्य संगठनको टोली कोरोन संक्रमित क्षेत्र उदयपुरमा


अंकुरण खबर
1.326K
Shares

नेपालमा कोरोनाको संक्रमण सबै भन्दा बढी भएको  उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली पुगेको छ ।

डब्ल्युएचओका सदस्य राजन पटेलको नेतृत्वमा  २५ जना संक्रमित पुष्टि भएको उदयपुरमा डब्ल्युएचओको टोली पुगेको हो ।

यसअघि पनि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लीलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा.सुजन रानाको टोली पनि बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा पुगिसकेको छ ।

उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रलाई सुझाव पेस गर्नेछ ।