कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरबारमा जारी छ ।
एक महिनादेखि जारी लकडाउन अब थप्ने कि खुकुलो बनाउने विषयमा छलफल गर्न बसिरहेको उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपालको वर्तमान अवस्थाको विषयमा समेत छलफल हुनेछ । लकडाउनको अहिलेसम्मको परिस्थिति र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा बैठकमा छलफल हुदैछ । वर्तमान अवस्थामा मध्यनजर गर्दै लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।
अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने तयारी भइरहेको जनाइएको छ ।