विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट जोखिममा झारेको छ ।
कोरोनाको उद्म स्थल चीनको छिमेकी मुलुक भए पनि नेपालले रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा डब्लूएचओले केही नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
डब्लूएचओले भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जनाएको छ ।
नेपालमा अहिले पनि कोरोनाका संक्रमित बढी नदेखिएको, कोरोनाका कारण कसैको पनि मृत्यु नभएकोले पनि नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।