logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रीपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने


अंकुरण खबर
832
Shares

लकडाउनको मोडालिटी परिवर्तन गर्न आज (आइतबार) मन्त्रिपरिषद् बैठक बस्दै छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने बारेमा छलफल गर्ने बताइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउनको अवधी सोमबार बिहान सकिँदै छ । त्यहि कारण लकडाउन थप गर्ने सम्बन्धी निर्णयका लागि मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।

लकडाउन वैशाख मसान्तसम्म लम्ब्याउने तयारी रहेको छ । गएको चैत ११ गतेदेखि लकडाउन जारी छ ।