logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वीरगञ्जमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु


अंकुरण खबर
1.547K
Shares

वीरगञ्जमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

तीन पटकसम्म आरडिटी रिपोर्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको जनाइएको छ ।

ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । युवतीको शव अहिले नारायणी अस्पतालमा राखिएको छ ।

उनको मृत्युको कारण यकिन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।