केही दिनदेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज मुलुका केही भागमा चट्याङ् र मेघ गर्जनसहित वर्षा हुने भएकाले सावधानी अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।
आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ् तथा असिनासहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै, आज राति देशभर सामान्य बादल लाग्ने र केही स्थानमा मेघगर्जन र चट्याङ् तथा असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।