वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ । वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको हो ।
छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएका १ सय ८७ जनाको स्वाब शनिबार पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो। स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं ल्याइएका दुई जनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ।
तर संक्रमितको पुष्टि हुन बाँकी छ । ती मध्ये एकजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनी महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती छन्।