logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुटेरै बुवाको हत्या, २१ वर्षीय विक पक्राउ


अंकुरण खबर
910
Shares

कुटपिट गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा सुरजले आफ्नै बुवा ५१ वर्षीय बुदे विकलाई कुटपिट गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले सुरजलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।