आइतबार दिउसो २ बजे बस्ने भनेको मन्त्रिपरिषद्को बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ ।
प्रधानमन्त्री ओलीको व्यस्तताका कारण केही समय पर सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले भने, दुई बजे बस्ने मन्त्रिपरिषद्को बैठक ५ बजेसम्मका लागि सरेको छ । प्रधानमन्त्री ज्यूले उच्चस्तरिय समिति र सीसीएमसीको सल्लाह सुझाव लिने कार्यक्रम भएकाले केही समय सरेको हो ।’
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउनको अवधी सोमबार बिहान सकिँदै छ । त्यहि कारण लकडाउन थप गर्ने सम्बन्धी निर्णयका लागि मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।