logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा मात्रै एक हजार नेपाली कोरोनाभाइरस संक्रमित, १० जनाको मृत्यु


अंकुरण खबर
845
Shares

गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि कहर बनेको छ ।

चीनले त अब विस्तारै यो भाइरसमाथि नियन्त्रण पाइसकेको छ । तर, युरोप र अमेरिकामा यसको मार निकै बढी देखिएको छ ।

पछिल्लो पटक युरोपमा कहर बनेको कोरोनाभाइरस अब अमेरिकामा बढी देखिएको छ । त्यहाँ झन्डै १० लाख मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । अनि यसका कारण ५४ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

यसको प्रभाव अमेरिकामा बस्ने नेपालीलाई पनि निकै देखिएको छ ।

अमेरिकी सन्चारमाध्यमहरुमा आएका रिपोर्टहरुअनुसार अमेरिकामा १ हजारभन्दा बढी नेपाली कोरोनाभाइरस संक्रमित भएका छन् । यसमा सबैभन्दा बढी न्युयोर्कमा संक्रमित देखिएका छन् । न्युयोर्कमा अमेरिकाकै सबैभन्दा बढी संक्रमित पनि भेटिएका छन् ।

अनि अमेरिकामा कम्तिमा पनि १० जनाको कोरोनाभाइरसका कारण निधन भएको बताइएको छ । त्यसो त अमेरिकामा कोरोना जित्ने नेपालीको संख्या पनि अब बढ्दै छ ।