logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम रूकुममा १० दिनमै तयार भयो ८ शय्याको सुविधा सम्पन्न आइसोलेसन भवन


अंकुरण खबर
2.041K
Shares

पश्चिम रूकुममा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ ।

पश्चिम रूकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठाको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउँदैछ । पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो ।

अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’