logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किए


अंकुरण खबर
1.261K
Shares

कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको चौथो र पाँचौ  रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा  कोरोनाबाट संक्रमित ५१ मध्ये १६ जना निको भएर घर फर्किएका छन्।