logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै


अंकुरण खबर
1.443K
Shares

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ ।

हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौं आइपुग्नेछ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो ।