logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूपू गोर्खा सैनिक मल्लको कोरोना सङ्क्रमणबाट निधन


अंकुरण खबर
1.495K
Shares

लण्डनमा कोरोनाबाट शनिबार थप एक नेपालीको निधन भएको छ।

पुख्र्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा-बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए । उनलाई कोरोना सङ्क्रमणका साथै पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताए ।

श्वासप्रश्वासमा कठिनाइ आएपछि उनलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो।