logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन २५ वैशाखसम्म बढाउने सरकारको निर्णय


अंकुरण खबर
1.157K
Shares

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता बढाउने सिफारिस गरेको थियो ।

आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ । आजसम्म कोरोना संक्रमित ५२ जनामा भएकोमा १६ जना निको भएर डिस्चार्ज भएका छन् ।