कोरोना भाइरसले बढी मृत्यु र संक्रमित रहेको अमेरिकामा पछिल्ला केही दिनयता मृत्कको संख्या घटिरहेको छ ।
सबै भन्दा बढी प्रभावित न्यूयोर्क शहरमा मृत्युदरमा लगातार कमि आइरहेको न्यूयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले जनाइएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
न्यूयोर्कमा शुक्रबार ४ सय ३७ को मृत्यु भएको थियो भने शनिबार ३ सय ६७ को मृत्यु भयो । क्यूमोले संक्रमण र मृत्युदर हेरेर राज्य पुनः सञ्चालन कहिले गर्ने भनेर निर्णय लिइने बताएका छन् ।
कोरोनाको त्रासले घरमै बसिरहदा घरेलु तथा मानसिक हिंसा बढ्नुका साथै लागुऔषध, रक्सी सेवनका घटना बढेको पाइएको पनि क्यूमोले जानकारी दिएको जनाइएको छ ।