logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको दावी : वुहानका अस्पतालमा कोरोनाका विरामी छैनन्


अंकुरण खबर
1.495K
Shares

कोरोना भाइरसको उत्पति भएको चीनको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले घोषणा गरेको छ।

चीनले आइतबार यस्तो घोषण गरेको हो । वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको थियो ।

शुक्रवार वुहानमा संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए। उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ।

भाइरसले महामारीको रुप लिए पछि उक्त शहरमा चीन सरकारले ७६ दिन लकडाउन गरेको थियो ।

गत वर्षको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस वुहानमा देखिएको थियो। चिनिको वुहानमा कोरोनाको संक्रमणबाट ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको मृत्यु भएको थियो । त्यस्तै चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ।