logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोहलपुरमा रहेका ६७ भारतीयको आरडिटी रिपोर्ट नेगेटिभ


अंकुरण खबर
858
Shares

कोहलपुर, हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् । क्वारेन्टाइनमा १४० भारतीय छन् ।