logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाद्वारा दाङको सामुदायिक वनमा फेला परेको ‘बम’ डिस्पोज


अंकुरण खबर
2.938K
Shares

दाङको एउटा सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ ।

देउखुरीको राप्ती गाउँपालिका-१ मा रहेको रामजहरी सामुदायिक वनमा फेला परेको बम घोराहीबाट गएको सेनाले डिस्पोज गरेको हो ।

टुइञ्च मोर्टारमा लाग्ने (यूएसओ)बम आइतबार दिउँसो घोराहीको रिपुमर्दन गणको टोलीले डिस्पोज गरेको  प्रहरीले जानकारी दिएको छ ।

मेलापातका लागि जंगल गएका स्थानीय महिलाहरुले बमजस्तो वस्तु देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङलाई  खबर गरेका थिए । प्रहरीले घोराहीबाट डिस्पोजका लागि नेपाली सेनालाई बोलाएको थियो ।

नेपाली सेनाको बम डिस्पोज टोलीले बम डिस्पोज गरेको हो । बम लगभग जीर्ण अवस्थामा फेला परेको हुँदा तत्कालीन युद्धका क्रममा छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।