दाङ जिल्लामा टेक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान ११ बजे टेक्टर पल्टिँदा सोही टेक्टरमा काम गर्ने लमही नगरपालिका– ५ कोलही का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको हो ।
खोलामा बालुवा अनलोड गरी घर बनाउँदै गरेको स्थानमा बालुवा पुराउने क्रममा रा १ त ३४७० नम्बरको टेक्टरको टायरले किच्दा चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।
शव लमही अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।