logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर कारोबार वैशाख २५ गतेसम्म बन्द हुने


अंकुरण खबर
650
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले लकडाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि सेयर बजार बन्द गर्ने घोषणा गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लक डाउन अवधिभर सेयर कारोबार बन्द हुने जानकारी दिए । लक डाउन भएसँगै सेयर कारोबार पनि रोकिंदै आएको छ ।

नेप्से सञ्चालक समितिको सोमबार बसेको बैठकले लक डाउन अवधिभर सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।

नेप्सेले यही काबु बाहिरको परिस्थितिलाई टेकेर बजार बन्द गराएको हो । लगानीकर्ता र बजारका अन्य सरोकारवालाहरुले पनि बजार बन्द गर्न सुझाव दिंदै आएका छन् ।