logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महावीर पुनद्धारा अनलाइन कक्षा सञ्चालनको लागि सहयोग


अंकुरण खबर
910
Shares

विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक सहयोग प्रदान गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण पढनपाठन ठप्प भएपछि विद्यार्थीको उज्जवल भविष्यका लागि अनलाइन कक्षा सञ्चालनार्थ विद्यालय तथा कलेजलाई समन्वय तथा आवश्यक सहयोग गर्ने जानकारी दिएका हुन् ।

अनलाइन कक्षा सञ्चालनको लागि चाहिने टेक्निकल व्यवस्था नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क संस्थाले गर्नेछ ।

संस्थाले विद्यालय तथा कलेजलाई अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक पर्ने भिडियो कन्फेरेन्सिङ सफ्टवेयरको लाइसेन्स तीन महिना सम्मको लागि मात्र उपलब्ध गराउने छ ।