logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भरुवा बन्दुकसहित एक जना पक्राउ


अंकुरण खबर
2.08K
Shares

सिरहा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

सिरहाको कर्जन्हा नगरपालिका-२ का ३५ वर्षीय सोमबहादुर खप्तडी मगर एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

मगरले भरुवा बन्दुक लुकाइ राखेको सूचना प्रहरीले पाएपछि लगत्तै बन्दिपुर र मिर्चैयाबाट खटेको प्रहरी टोलीले मगरको घरमा छापा मारेर गोली लोडेड भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

बन्दुकसहित पक्राउ परेका मगरमाथि कारबाही अगाडि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।