सिरहा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
सिरहाको कर्जन्हा नगरपालिका-२ का ३५ वर्षीय सोमबहादुर खप्तडी मगर एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
मगरले भरुवा बन्दुक लुकाइ राखेको सूचना प्रहरीले पाएपछि लगत्तै बन्दिपुर र मिर्चैयाबाट खटेको प्रहरी टोलीले मगरको घरमा छापा मारेर गोली लोडेड भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
बन्दुकसहित पक्राउ परेका मगरमाथि कारबाही अगाडि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।