logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनकुटाबाट हिँड्दै आएका ७ जना भारतीयलाई क्वारेन्टाइनमा पठाइयो


अंकुरण खबर
754
Shares

धनकुटाबाट हिँड्दै सुनसरी आइपुगेका ७ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार उनीहरु लुकिछिपी हिँड्दै भारत प्रवेश गर्न लागेको अवस्थामा सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु हिँड्दै सुनसरीको लौकही नजिक पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको शर्माले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला अस्पताल इनरुवामा चेकजाँचपछि इटहरीको क्वारेन्टाइनमा ल्याइएको छ ।

उनीहरु मजदुर भएको र भारत सुपौल घर बताएको शर्माले बताए।