logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा सुर्खेतमा अलपत्र परेका २९५ जनाको उद्धार


अंकुरण खबर
637
Shares

काम बिशेषले सुर्खेतमा अलपत्र परेका हुम्लाबासीहरुको गाडीमा उद्धार गरिएको छ।

बन्दाबन्दीको कारण सुर्खेतमा अलपत्र परेको जनगुनासो आएपछि कर्णाली प्रदेश सरकारले हुम्लाका नागरिकहरुको उद्धार गरेको हो।

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्रालयले पाँच वटा गाउँपालिकाहरु २९५ जना हुम्लाबासीलाई गाडीमा सुर्खेत, दैलेख, जुम्ला र मुगु हुदै हुम्लासम्म उद्धार गरिएको छ । उद्धार गर्न सात वटा बसको ब्यबस्था कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले गरेको हो।

उद्धार गरिएका ब्यक्तीहरुमा १६१ जना पुरुष, ६९ जना महिला र ६५ जना बालबालिका रहनु भएको छ । प्रदेश सरकारले मुगुको गमगडीसम्म पुर्‍याउने छ भने त्यसपछि पैदल हुम्ला जानु पर्नेछ।

अध्ययन, काम बिशेष र हिउदमा तराई झरेका हुम्लाबासी सुर्खेमा बन्दाबन्दी सुरु भएयता रहदै आएका थिए। हुम्ला पुगेपछि सबै जना आआफ्नो पालिकामा स्थापना गरिएका क्वारेन्टाईनमा बस्नु पर्ने सामाजिक मन्त्रालयले जनाएको छ।

गाउँपालिकाहरुले सिमित मात्रामा क्वारेन्टाईन स्थापना गरेका छन्।