वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ ।
आज दिउँसो १ बजे पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार, आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ ।
महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो । गोदाममा कसरी आगलागी भयो भन्ने बारेमा खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।