logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजार, मृत्यु हुनेमा २ लाख नाघ्यो


अंकुरण खबर
793
Shares

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३० लाख ६४ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ११ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख १० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमणबाट इटलीमा २७ हजार, स्पेनमा २३ हजार ५ सय, फ्रान्समा २३ हजार २ सय, बेलायतमा २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने ९ सय ४० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा १३ हजार ९ सय ९ जना संक्रमित भएका छन् भने २ सय ९२ जनाको मृत्यु भइसकेको छ ।