आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ भने केहीको घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ६८ पैसा छ।
