logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ


अंकुरण खबर
1.807K
Shares

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन् ।

लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय मलाखेतीले बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति नै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी मुद्धा चलाउने प्रहरीको तयारी गरेको छ ।