logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप दुई जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.496K
Shares

थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटको वृन्दावन नगरपालिका-९ भुसहा र देवाही गोनाही नगरपालिका-१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

संक्रमित दुवै जना भारतबाट आएर रौताहटको क्वारेन्टाइनमा बसेका थिए । प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर परिक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ देखाएको थियो। तर पनि आशंका लागेर पुनः परिक्षणको लागि टेकु पठाइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर फर्किसकेका छन् ।