logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कुटपिटबाट एक महिलाको मृत्यु, घटनामा संलग्न पाँच जना पक्राउ


अंकुरण खबर
1.131K
Shares

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो ।

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शव गृहमा राखिएको छ ।

कुटपिटमा संलग्नमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताइएको छ ।