logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्‍नपूर्णको हिमपहिरोमा पुरिएको ३ महिनापछि भेटियो कोरियाली नागरिकको शव


अंकुरण खबर
949
Shares

गत वर्ष माघमा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमामा हिमपहिरोमा बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ ।

नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव सोमबार भेटेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ ।

२०७६ माघ २ गते अन्नपूर्ण गाउँपालिका-१ हिङ्कु केभ इलाकामा गएको हिमपहिरोमा परी ३ जना नेपाली गाइड र चार जना कोरियाली पर्यटक बेपत्ता भएका थिए । तीमध्ये दुई जना नेपाली गाइड र दुई जना कोरियाली पर्यटकको यसअघि नै शव भेटिएको थियो ।

अझै एक जना नेपाली र एक जना कोरियाली नागरिक हराइरहेकाले हिउँभित्र पुरिएको सम्भावित स्थानमा खोजी भइरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।