logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फेरि अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको जहाज, फर्किन चाहनेले सम्पर्क गर्न आग्रह


अंकुरण खबर
2.795K
Shares

नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ।

काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सले अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । दुतावासले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।

नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई मे ६ मा जहाज चार्टर गरेर फिर्ता लाने भएको दुतावासले जनाएको छ।

यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै जहाज चार्टर गरेर अष्ट्रेलियाले आफ्ना नागरिक फिर्ता लिएको थियो।