भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अस्पतालका विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो । मंगलबार दिउँसो हेटौंडाबाट पुगेको अख्तियार टोलीले अस्पतालमा छापा मारेको जनाइएको छ ।
कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । भरतपुर महानगरपालिकाको सक्रियतामा संचालन गरिएको अस्पताललाई प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।