logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा


अंकुरण खबर
1.573K
Shares

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अस्पतालका विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो । मंगलबार दिउँसो हेटौंडाबाट पुगेको अख्तियार टोलीले अस्पतालमा छापा मारेको जनाइएको छ ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । भरतपुर महानगरपालिकाको सक्रियतामा संचालन गरिएको अस्पताललाई प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।