logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट आएर क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयद्वारा पुष्टि


अंकुरण खबर
975
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको जनाएको छ ।

रौतहटका दुई जनामा कारोना संक्रमण पोजिटिभ देखिएको बताउँदै उनीहरु दुबै भारतबाट आएर रौतहटको क्वारेन्टाइनमा बसेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले संक्रमित दुईको उमेर २४ र ३५ बर्ष रहेको पनि जानकारी दिए ।