logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल


अंकुरण खबर
1.222K
Shares

प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो दुई अध्यक्षबीच भएको भेटवार्तापछि भोलि बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै १ घण्टा वार्ता भएको थियो ।

यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । यद्यपि, दुई अध्यक्षबीचको बैठकबाट फेरि बुधवारका लागि बैठक तय गरिएको हो ।