logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बै‌ंकको निर्देशन : कोरोना प्रभावित ऋणीलाई ब्याजमा २ प्रतिशत छुट दिनु


अंकुरण खबर
806
Shares

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ ।

मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि राष्ट्र बैंकले परिपत्र जारी गरि कोरोना प्रभावित क्षेत्रहरुका लागि वैशाख, जेठ र असारको ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग,मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले यो सुविधा पाउने छैनन् ।

राष्ट्र बैंकका अनुसार होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने छन् ।
होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुले भने २ प्रतिशतमात्रै छुट पाउने छन् ।