logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतमा कोरोनाबाट मृतकको संख्या १ हजार माथि , ३१ हजार बढी संक्रमित


अंकुरण खबर
936
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ६९ जनाको मृत्यु भएको छ ।

एकैदिन १ हजार ९ सय ९ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ६० पुगेको छ ।

त्यस्तै संक्रमितमध्ये ७ हजार ७ सय ४७ जना उपचारपछि निको भएका छन् भने २२ हजार ६ सय ५ जनाको उपचार भइरहेको छ । भारतमा कारोना संक्रमितको संख्या बढिरहेका बेला नेपालमा पनि संक्रमितको संख्या बढेको छ । खुल्ला सिमानाका कारण भारतमा रहेका संक्रमितहरु नेपालमा आइरहेकाले नेपालको अवस्था पनि भयावह हुने भन्दै सिमानामा थप कडाई गर्न विज्ञहरुले सुझाव दिदै आएका छन् ।