logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९ सय नाघ्यो


अंकुरण खबर
845
Shares

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार नाघेको छ । संक्रमणबाट दुई लाख १७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमणबाट इटलीमा २७ हजार ३ सय, स्पेनमा २३ हजार ८ सय, फ्रान्समा २३ हजार ६ सय, बेलायतमा २१ हजार ६सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ६० पुगेको छ भने १ हजार ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुगेको छ भने ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।