logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डिभी लोटरीको नतिजा एक महिना पछि सर्यो


अंकुरण खबर
1.287K
Shares

अमेरिकाले सधैं जस्तो आह्वान गर्दै आएको डिभी लोटरीको नतिजा समयमै नआउने भएको छ ।

यसअघिका वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसपटक जुन ६ अर्थात् १ महिनापछि मात्र डिभिको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अहिले अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालयको भनाई छ ।