logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिर्पोट पनि पोजेटिभ


अंकुरण खबर
806
Shares

चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक पुनः गरिएको कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ ।

वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो । ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छिन् ।

उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् । आमाछोरा दुवैको कोरोना सङ्क्रमण सँगै पुष्टि भएको थियो ।

उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौंबाट ५ गते चितवन आएका थिए ।