logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शोकमा डुब्यो बलिउड, रहेनन् अभिनेता इरफान खान


अंकुरण खबर
1.391K
Shares

भारतीय चर्चित कलाकार इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । पेटमा गम्भिर समस्या भएर मुम्बईस्थित् कोकिलाबेन अस्पतालमा भर्ना भएका खानको उपचारका क्रममा बुधबार निधन भएको हो ।

मंगलबार खानको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि आइसियूमा भर्ना भएका थिए । इरफानको मृत्यु भएपछि पूरै बलिउड शोकमा डुबेको छ ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता सुजीत सरकारले ट्वीटमार्फत उनको मृत्यु भएको जानकारी दिएका छन्।

https://twitter.com/ShoojitSircar/status/1255377784773410818

दुई वर्ष अघि उनलाई न्यूरो इंडोक्राइन ट्यूमर भएको थियो। उनले ट्वीट मार्फत आफूलाई ट्यूमर भएको बताउँदै फ्यानको माया र सद्भावले बाँच्ने आँसा जागेको बताएका थिए। तर फ्यानको मायाले उनलाई बचाउन सकेन्।

गत शनिबार मात्रै इरफानकी आमा सईदा बेगमको निधन भएको थियो। लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा समेत उपस्थित हुन पाएका थिएनन्। उनले भिडियो कन्फ्रेन्स मार्फत आमाको अन्तिम दर्शन गरेका थिए। आमाको निधन भएको एक हप्ता नपुग्दै उनको निधन भएको हो।

कुशल अभिनयका रुपमा चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।