logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भर्जिनियामा कोरोनाबाट एक नेपालीको निधन


अंकुरण खबर
1.56K
Shares

अमेरिकाको भर्जिनियामा गैरआवासीय नेपाली महेश पन्थीको कोरोना संक्रमणका कारण निधन भएको छ।

भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो। कोरोनाबाट संक्रमित भएका पन्थी बिगत २० दिनदेखी इनोभा फेयर ओक्स अस्पतालमा उपचाररत थिए।

नेपालमा ललितपुरको कुपन्डोल घर भएका पन्थीका आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। उनी एक दशक देखि अमेरिकामा बसोवास गर्दै आएका थिए।

पूर्व भलिबल खेलाडी समेत रहेका पन्थीको निधनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन्।